Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बालाजुका डिएसपीले पक्राउ गरे गाडीको इञ्जिनमा लुकाएको १५ किलो सुन – Gaule Khabar

बालाजुका डिएसपीले पक्राउ गरे गाडीको इञ्जिनमा लुकाएको १५ किलो सुन

बालाजुका डिएसपीले पक्राउ गरे गाडीको इञ्जिनमा लुकाएको १५ किलो सुन

काठमाडौं,माघ १-

हवाई मार्ग हुँदै तस्करले भित्र्याएको १३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले फेरि ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ ।

प्रहरीले बालाजु क्षेत्रबाट गएराति १५ केजी सुन बरामद गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार सुनसँगै एकजना मानिससमेत पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डिएसपी सन्तोष तामाङ नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो । तामाङका अनुसार सुन रसुवागढी नाका हुँदै काठमाण्डु भित्र्याइएको हो ।

भाडाको टाटासुमो गाडीमा राखेर सुन राधजानी भित्रिएको सूचना पाएपछि तामाङको टोलीले काठमाण्डुको थानकोटबाट उक्त गाडीको पिछा गरेको थियो । गाडी बालाजु क्षेत्रमा प्रवेश गर्ने बित्तिकै प्रहरीले अपरेशन गरेको थिनो ।

स्रोतका अनुसार पक्राउ परेका चालकले आफू भरिया मात्र भएको बयान दिएका छन् । प्रहरीले त्यसबारे आजै पत्रकार सम्मेलन गरी सुन बरामद भएको विषयमा विस्तुत जानकारी गराउने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका