काठमाडौँ, पुस २९ –
व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरूले रु एक र दुईका सिक्का निष्काशनदेखि चाँडो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
उनीहरुले जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएकामध्ये फेला पार्न बाँकी मूर्तिको खोजीमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी सर्वसाधारणले सहजरुपमा लाइसेन्स नपाएकाले सरकारले चाँडो उपलब्ध गराउने व्यवस्था गर्न र किसानलाई धानको उचित मोल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यसरी सरकारको ध्यानाकर्षण गराउनेमा सांसद बलबहादुर महत, वंशीधर मिश्र, भक्तबहादुर खपाङ्गी, भरतकुमार साह र ममता गिरी हुनुहुन्थ्यो । – रासस