Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माओवादीकै इलाकामा नेता लखेटिएपछि वार्इसीएल खटाउने तयारी – Gaule Khabar

माओवादीकै इलाकामा नेता लखेटिएपछि वार्इसीएल खटाउने तयारी

माओवादीकै इलाकामा नेता लखेटिएपछि वार्इसीएल खटाउने तयारी

काठमाडौं, पुस २९ –

पाँच नम्बर प्रदेश टुक्राउछु भनेर बोल्दा अर्घाखाँचीमा उर्जामन्त्री जनार्दन शर्मासहित आफ्ना नेतामाथि आक्रमण भएपछि सत्तारुढ माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ ।घटनापछि पार्टीका भातृ संगठन र कार्यकर्ताहरुले आक्रोश पाख्दै ‘बदला’ लिने चेतावनी दिएका छन् ।

विहिबार अर्घाखाँची सदरमुकाम सन्धीखर्कमा आयोजित महोत्सव उद्घाटन गर्न पुगेका उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेशबाट अलग भएपछि प्रदेश राजधानी पोखरा बन्ने र अर्घाखाँचीबासीलाई पोखरा जान सुरुङमार्ग बनाइदिने अभिव्यक्ति दिएपछि आक्रोशित स्थानीयबासीले मञ्चमा ढुङ्गामुढा भएपछि गरेका थिए ।

स्थानीयबासीको घेरामा परेका शर्मालाई पूरा मन्तव्य पनि दिन नपाउँदै कार्यक्रम स्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइएको थियो । सुरक्षाकर्मीले जोगाएपछि माफी माग्दै त्यहाँबाट टाप कसेका थिए ।

महोत्सवमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछि युवाहरुले ढुगांमुढा गरेका थिए ।

यो घटनापछि माओवादीको भातृ संगठन वाईसिएल नेपालले घटनामा संलग्नलाई नछाड्ने चेतावनी दिएको हो । वाईसिएल नेपालका महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत घटनाको ‘बदला’ लिएरै छाड्ने चेतावनी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- ‘हेक्का रहोस्, उज्यालो नेपालका अभियन्ता तथा उर्जामन्त्री जनार्दन शर्मामाथि अर्घाखाँचीमा भएको आक्रमणमा सम्बन्धित दलका कार्यकर्ताले माफी नमागे वाइसिएल नेपाल चुप बस्ने छैन ।’

माओवादीकै इलाकामा माओवादी नेता लखेटिए!

उसो त उर्जामन्त्री जनार्दन शर्मामाथि आक्रमण भएको अर्घाखाँची माओवादी केन्द्रकै इलाका हो । यहाँबाट माओवादी संसदीय दलका उपनेता एवं पूर्वप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिलेका निर्वाचित सांसद हुन् । जो पाँच नम्बर प्रदेश टुक्राउनुहुँदैन् भन्ने आन्दोलनमा छन् । र, टुक्राउनुपर्छ भन्दै लखेटिएका नेता डिलाराम आचार्य यही क्षेत्रबाट निर्वाचित माओवादीका पूर्व सांसद हुन् ।

यसले के देखाउँछ भने अर्घाखाँची माओवादीको इलाका हो र त्यहाँका माओवादी समर्थक कार्यकर्ता र जनता प्रदेश नम्बर पाँचबाट अलग हुन चाँहदैनन् । तर, पनि माओवादी सम्बद्ध भातृ संगठनले ‘बदला’ लिने भनेका छन् । अब हेर्न बाँकी छ नेता लखेट्ने आफ्नै कार्यकर्ता र समर्थक जनतासँग कसरी बदला लिन्छन् ?दैनिक नेपालवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका