Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माघे सक्रान्तिले चितवनमा तरूलको बिक्री बढ्यो – Gaule Khabar

माघे सक्रान्तिले चितवनमा तरूलको बिक्री बढ्यो

माघे सक्रान्तिले चितवनमा तरूलको बिक्री बढ्यो

तुलमान गुरूङ,

चितवन पुस २९-

माघे सक्रान्ति नजिकिँदै गर्दा जिल्लामा तरूलको बिक्री सुरू भएको छ ।सक्रान्तिकै लागि भनेर बुधबारबाट चितवनको बजारमा तरूल भित्रिन थालेको हो । सख्खर, तरूल र पिँडालुलाई तरकारीकोरुपमा पनि प्रयोग गर्ने हुँदा हिउँद लागेपछि यसको बिक्री सुरू भए पनि सखरखण्ड र वन तरुल भने एकादशी तथा माघे सक्रान्तिको समयमा मात्रै बिक्री हुने गरेको ताजा तरकारी फलफूल व्यवसायी संघ चितवनका अध्यक्ष थीरप्रसाद धिताल (कृष्ण)ले बताए ।

चितवन जिल्लामा यसको उत्पादन नहुँदा बाहिरी जिल्लाहरुबाट आयात हुने गरेको उनले बताए । चितवनको बजारमा आएको तरुल तथा सखरखण्ड छिमेकी जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, नवलपरासीलगायतका जिल्लाहरुमा पनि निर्यात हुने गरेको अध्यक्ष धितालले जानकारी दिए ।

वन तरुल पहाडी भेगबाट आउने गरे पनि यसको व्यवसायिक खेती नगरिने हुँदा अन्य तरुलभन्दा यसको मूल्य महँगो पर्ने उनले बताए । ‘वनमा खन्न पनि बढी दुःख गर्नुपर्ने र जहाँ पायो त्यहीँ नपाइने हुँदा यसको आयात निर्यात पनि कम हुने र मूल्य पनि महंगो पर्न जान्छ,’ उनले भने ।

उनकाअनुसार हरेक वर्ष यो समयमा नारायणगढको तरकारी बजारमा करिब २० टन तरुल तथा सखरखण्ड भित्रिने गरेका छन् । उपभोक्ताहरुले पनि सिजनमा मात्रै खोज्ने गरेको व्यापारीहरु बताउँछन् । नारायणगढमा अहिले सखरखण्ड र घर तरूल प्रतिकेजी ८० रूपैयाँ र वन तरूल प्रतिकेजी २०० रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै पिँडालु भने प्रतिकेजी ६० रूपैयाँका दरले बिक्री भइरहेको छ । अन्य समयमा यसको बिक्री खासै नहुने हुँदा यसको व्यापार चुनौतीपूर्ण रहेको व्यवसायिहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका