नवलपरासी,पुस २८ –
नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले नेपाली कांगे्रसका कारण नेपालमा लोकतन्त्र कमजोर बनेको आरोप लगाएका छन् ।
नेकपा एमाले जिल्ला संगठन कमिटी नवलपुरको प्रथम बैठकमा सहभागी हुन नवलपरासीको कावासोतीमा आएका गुरुङ्गले वि हीवार बैठक पूर्वको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘जहिले नेपाली कांग्रेस मजबुत बनेको छ त्यही समयमा नेपालको लोकतन्त्र कमजोर भएको छ ।’
कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भने पनि बिसं २०१५, ०३५, ०४६ र ०५६ सालमा कांग्रेसकै कारण लोकतन्त्र कमजोर भएको गुरुङ्गले आरोप लगाए ।
यस्तै उनले संविधानमा राष्ट्रिय स्वाधिनता माथि प्रश्न उठने विषय, स्वतन्त्रता र राष्ट्रिय हितको प्रतिकुल हुने गरी संविधान संसोधनको प्रावधान नै नभएकाले अहिले उठेको शंसोधनको विषयले कालान्तरमा नेपालको सार्वभौमिकता माथि प्रश्न उठाउने, भौगोलिक अखण्डतालाई विखण्डन पार्ने प्रारम्भिक बिन्दु भएकोले यस्तो विषय संसदमा छलफल र भोटिङको विषय नै नभएकोमा जोड दिए ।