Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धवलागिरिमा ‘लाइसेन्स’ खुल्यो – Gaule Khabar

धवलागिरिमा ‘लाइसेन्स’ खुल्यो

धवलागिरिमा ‘लाइसेन्स’ खुल्यो

बागलुङ,पुस २८ –

धवलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ ।

यातायात व्यवस्था कार्यालयले पहिलो चरणमा मोटरसाइकल र स्कुटरको लाइसेन्सका लागि आवेदन माग गरेको छ । यसअघि, सवारी साधन अनुमति पत्र परीक्षा समितिको बैठकले आवेदन खुलाउने निर्णय गरेको थियो ।

मङ्गलबारदेखि बिहीबारसम्म मोटरसाइकल र शुक्रबार स्कुटर चालकका लागि आवेदन दिने व्यवस्था गरिएको छ । पूर्वाधार अभावले रोकिएको अनुमति पत्र परीक्षा खुलेपछि सर्वसाधारण उत्साहित बनेका छन् । कार्यालयमा आवेदन दिनेको भीड लागेको अनुमति पत्र वितरण शाखाका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताउनुभयो ।

मोटरसाइकल र स्कुटरपछि अन्य सवारी साधनका लागि अनुमति पत्र खुलाउने तयारी कार्यालयको छ । यातायात व्यवस्था विभागले नयाँ नीति अख्तियार गरेसँगै पूर्वाधारको कमीका कारण धवलागिरि अञ्चलबाट सबैखाले सवारी साधनको अनुमति पत्र वितरण कार्य रोकिएको थियो ।

परीक्षा रोकिएपछि कार्यालयबाट सेवा लिने बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही समस्यामा पर्दै आएका थिए । धवलागिरिवासी अनुमति पत्रका लागि पोखरा, काठमाडौँलगायत ठाउँ जानुपर्ने बाध्यता छ । कार्यालयले बागलुङ नगरपालिका–१ खनियाबासमा अभ्यास परीक्षाका लागि आवश्यक पूर्वाधारसमेत निर्माण गरेको छ । यसअघि कार्यालयले मासिक ८०० सवारी साधन अनुमति पत्र वितरण गर्दै आएको थियो । कार्यालयले साना, मझौला र ठूला गरी सबै सवारी साधनको क्रमशः अनुमति पत्रको परीक्षा सञ्चालन गर्ने जनाएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका