WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrrtCxHVsUoaYrwTu8DD41icQmxOaH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:26:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुुस २७ –
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रशासन व्यवस्थापन र विकास केन्द्र ९कामाद०ले यहाँ आज ‘आयोजना गरेको राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवम् यसको वर्तमान अवस्था’ विषयक अन्तक्र्रियामा डा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।”
उहाँले ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट पार्नुभयो ।
पूर्वसचिव विश्वप्रकाश पण्डितले बेलाबेलामा हुने सरकार परिवर्तनले कर्मचारीतन्त्रमा ठूलो प्रभाव पार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीभित्र पनि पार्टीको गोप्य सदस्यता लिने संस्कृति बढेको छ यसलाई रोक्नु जरुरी छ ।”
पूर्वसचिव कृष्ण ज्ञवालीले कर्मचारीले राजनीतिक नगरे पनि मुलुकको राजनीतिक अवस्था बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिज्ञले नीतिनियम बनाए पनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएकाले राजनीतिक बुझ्नुपर्छ ।”
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञको भावनालाई बुझेर अगाडि बढेमात्र मुलुक विकासको बाटोमा पुग्ने बताउनुभयो । – रासस