Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विराटनगरमा अख्तियारको अन्तक्र्रिया – Gaule Khabar

विराटनगरमा अख्तियारको अन्तक्र्रिया

विराटनगरमा अख्तियारको अन्तक्र्रिया

विराटनगर,पुस २७ –

अख्तियार दुरपयोग अनुसन्धान आयोग, इटहरीले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक एक दिने अन्तक्र्रियाको आज यहाँ आयोजना ग¥यो ।

सो अन्तक्र्रियामा नागरिक समाज, पब्लिक फोरम, टोलका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको, सडक विस्तारका लागि सडक भत्काएको तर निर्माण कार्यमा ढिलाइ गरेकाले महिनौँदेखि धुलो र धुवाँका कारण वातावरण प्रदूषित बनेको र कतिपय कार्यालयमा अनियमितता भइरहेको जानकारी गराइएको थियो ।

जिविसद्वारा निर्माण गरिएका कतिपय कल्भर्टमा अनियमितता भएको, सवारी अनुमतिपत्र लिनका लागि घुस लिने गरेकोलगायतका विषयमा वक्ताले आ–आफ्ना धारणा प्रकट गरेका थिए ।

सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख प्रेमप्रसाद भट्टराईले अख्तियारमा उजुरी परेपछि प्रारम्भिक रुपमा छानबिन गरी हिनामिना देखिएको अवस्थामा मुुद्दा दर्ता गरी प्रक्रिया अगाडि बढाउने गरिएको बताउनुभयो ।

उहाँले नागरिक समाजबाट उठेका जायज विषयलाई उजुरीको रुपमा लिएर छानबिनको प्रक्रिया अगाडि बढाउने उल्लेख गर्दै भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि अख्तियारले ठोसरुपमा कार्य गरिएको जानकारी गराउनुभयो ।

प्रजिअ यज्ञराज कोइरालाले कर्मचारीलाई जनताको हित, निर्णय प्रक्रिया पारदर्शी र आफूले गरेका कामप्रति उत्तरदायित्व हुनुपर्ने उल्लेख गर्दै सुशासनका लागि ‘बहुजन हिताय, बहुजन सुखाय’ को नीतिका साथ कार्य गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत नीलकण्ठ विश्वकर्माले भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिकांश कार्यालयमा भएका अनियमितता छानबिन गरी कारवाही प्रक्रिया अगाढि बढाउनुपर्ने बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका