Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु – Gaule Khabar

मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु

मेसिनमा चेपिएर भारतीय मजदुरको मृत्यु

बर्दिवास, पुस २७ –

महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ ।

मङ्गलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो ।

घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको छ । मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गर्नुभएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका