Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोकमानलाई कालोमोसो दल्नेलाई रिहाइको माग गर्दै विद्यालय बन्द – Gaule Khabar

लोकमानलाई कालोमोसो दल्नेलाई रिहाइको माग गर्दै विद्यालय बन्द

लोकमानलाई कालोमोसो दल्नेलाई रिहाइको माग गर्दै विद्यालय बन्द

काठमान्डौं,पुस २६-

आज मंगलबार राजधानी लगायत देशभरिका अधिकांश शैक्षिक संस्थाहरु बन्द छन् । अधिकांश विद्यालयले बालबालिकालाई स्कुल नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन् । तर, हडताल किन र के का लागि ? यसबारे धेरैलाई थाहा छैन । हल्लाकै भरमा हडताल भइरहेको छ ।

यसैबीच विप्लव निकट माओवादीको विद्यार्थी संगठनले लोकमानसिंह कार्कीमाथि कोलोमोसो दल्ने दुई विद्यार्थीहरुलाई रिहाइको माग गर्दै शैक्षिक हडतालको आयोजना गरेको जनाएको छ । तर, कतिपय ठाउँमा पृथ्वी जयन्तीमा सरकारी विदाको माग गर्दै हडतालको आयोजना भएको प्रचार भइरहेको छ ।

हल्लाकै भरमा शैक्षिक संस्थाहरु बन्द हुँदा लाखौं बालबालिकाको पठन-पाठन अवरुद्ध भएको छ । गत पुस ७ गते लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरभित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले मंगलबार एक दिन देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेको सो विद्यार्थी संगठनले बताएको छ ।

आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनाएको छ ।

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई कालो मोसो दल्ने दुईजनालाई अदालतको अवहेलनामा एक महिना जेल सजाय सुनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले लोकमानसिंहलाई कालोमोसो दलेका थिए ।

सर्वोच्च अदालतमा बयानका लागि गएका कार्कीमाथि शाही र बुढाले हातपात गर्दै पुस ७ गते कालो मोसो दलेका थिए । उनीहरुलाई प्रहरीले अदालत परिसरबाटै तत्काल नियन्त्रणमा लिएको थियो । उनीहरुले कालोमोसो लगाएपछि नेकपा माओवादी जिन्दाबाद भन्दै नारा समेत लगाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका