Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तीन दल समझदारी, स्थानीय तहकै निर्वाचन – Gaule Khabar

तीन दल समझदारी, स्थानीय तहकै निर्वाचन

तीन दल समझदारी, स्थानीय तहकै निर्वाचन

काठमाडौं, पुस १४ –

प्रमुख तीन राजनीतिक दलबीच स्थानीय तहकै निर्वाचन गर्ने सैद्धान्तिक समझदारी भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुधबार भएको तीन दलको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र बैशाख पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने टुंगोमा पुगेका हुन् ।

आजको कान्तिपुरमा खबर छ– मधेसी मोर्चा र संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग एकसरो छलफल गरेपछि निर्वाचन मिति घोषणा गरिने समझदारी बनेको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

यसअघि कांग्रेसले पुरानै संरचनाको स्थानीय निकाय निर्वाचनको माग राख्दै आएको थियो । स्थानीय निकाय पुनःसंरचनाको काम सकेर प्रतिवेदन बुझाउने तयारी गरेको सन्दर्भमा माओवादी र एमालेसमेतले नयाँ संरचनाकै निर्वाचनमा जान दबाब दिएपछि कांग्रेस लचक भएको हो । ‘स्थानीय तहकै निर्वाचन हुने भनिएको छ, मोर्चासँग छलफल गरेर निर्णयमा पुगिन्छ, पौडेलले भने, ‘अरु दलहरुसँग पनि सल्लाह गरेर निर्वाचन मिति घोषणा हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका