Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध(विज्ञप्तीसहित) – Gaule Khabar

अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध(विज्ञप्तीसहित)

अस्पतालको जग्गामा सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापनाको बिरोध(विज्ञप्तीसहित)

चितवन,पुस १३-

भरतपुर अस्पतालको स्वामित्वको जग्गामा विना भाडा प्रयोग गर्दै आएको स्कुल अफ हेल्थ साइन्स भित्र प्राविधिक शिक्षा व्यवसायिक तालिम परिषद् सिटिइभिटीले क्षेत्रिय कार्यालय स्थापना गरेको प्रति बिभिन्न स्वास्थ्य सम्वन्धि संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।

भरतपुर अस्पतालको सेवा बिस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागी स्थानको अभाव झेलिरहेको अवस्थामा बिना स्वीकृती अस्पताल हाता भित्र सिटिइभिटीको क्षेत्रिय कार्यालय स्थापना गरेको प्रति अस्पताल भित्र र बाहिर क्रियाशिल ८ वटा स्वास्थ्य सम्वन्धि संघसंगठनहरुले आपत्ति जनाएका हुन् । उनीहरुले चरणबद्ध आन्दोनलका कार्यक्रम गर्दै तालावन्दी गर्ने चेतावनी दिएका छन ।

नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय सचिव राजकुमार ढुंगाना, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल चितवन सचिव केशव सापकोटा, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ चितवन सहसंयोजक सञ्जय बराल, नेपाल स्वास्थ्यकर्मी संघ चितवनका सचिव बासुदेव सापकोटा, भरतपुर अस्पताल बिकास समिति कर्मचारी युनियन अध्यक्ष डा. उन्नत श्रेष्ठ, नेपाल चिकित्सक संघ चितवनका सदस्य डा. सुनिल शाह, नेपाल नर्सिङ संघ जिल्ला सदस्य मिनाकुमारी भूषाल र राष्ट्रिय स्वास्थ्यकर्मी संघ भरतपुर अस्पताल इकाई अध्यक्ष कमल भट्टराईले आज एक संयुक्त बिज्ञप्ती जारी गरी २४ घण्टा भित्र सो गलत काम सच्चाउन अल्टिमेटम दिएका छन् ।

गत मंसिर ५ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहको अध्यक्षतामा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकको निर्णय नम्वर २ मा स्कुल अफ हेल्थ साइन्सले प्रयोग गर्दै आएको ७ विगाहा जग्गा मध्ये १ विगाहा ८ कठ्ठा १६ धुर जग्गा र सोमा बनेको भौतिक संरचना सहित भरतपुर अस्पतालले प्रयोगमा ल्याउने गरी सिटिइभिटीले अस्पताललाई हस्तान्तरण गर्न शिक्षा र स्वास्थ्य मन्त्रालयलाई सिफारिस सहित अनुरोध गरी पठाउने निर्णय भएको थियो । यसअघि भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष बिजय सुवेदीको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले पनि स्कुल अफ हेल्थ साइन्सले बिना भाडामा प्रयोग गरेको अस्पतालको जग्गा फिर्ता लिने प्रकृया थाल्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका