नेपालगन्ज,पुस १३-
विभिन्न शिर्षकमा जिल्लामा विनियोजित विकास वजेट तोकिएको आर्थिक वर्ष भित्र कार्यान्वयन गर्न मदनभण्डारी फाउण्डेशन बांकेले दवाव दिएको छ ।आज बांकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थलाई ज्ञापन पत्र वुझाउंदै फाउण्डेशनले बजेट फ्रिज हुन नदिन ध्यानाकर्षण गराएको छ ।
ज्ञापनपत्र वुझाउदै मदन भण्डारी फाउण्डेशन बांकेका अध्यक्ष सुर्य ढकालले गाउं,नगर,जिल्ला परिषद र केन्द्रवाट पारित भई विनियोजित रकम पारदर्शी रुपमा कार्यान्वयनमा लैजान माग गर्नुभयो । विगतमा समयमै काम नहुने,गुणस्तर कम हुने र अन्तिम समयमा हतार हतार काम हुने गरेको भन्दै त्यसो हुनवाट रोक्न प्रजिअलाई ढकालले आग्रह गर्नुभयो ।उहांले कुनैपनि वाहानामा जिल्लामा विनियोजित रकम फ्रिज हुने वतावरण अन्त्य गर्न फाउण्डेशनले स्थानिय र केन्द्रिय स्तरमा निरन्तर दवाव दिने वताउनु भयो ।जिल्लालाई समृद्ध बनाउने योजनामा प्रजिअको महत्वपूर्ण भुकिका हुने भन्दै फाउण्डेशनले अनुगमन र निर्देशन बढाउन आग्रह समेत गरेको छ ।
यसैविच ज्ञापन पत्र वुझ्दै बांकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लाको विकास निर्माणमा मदन भण्डारी फाउण्डेशनले चासो दिएको भन्दै प्रशंसा गर्नुभयो ।उहांले प्रत्यक महिना जिल्लाका कार्यालय प्रमुखहरुसंगको छलफलमा पनि यि कुरा उठ्ने गरेकोले यसवर्ष विकास वजेट समयमै कार्यान्वयन हुने वताउनु भयो ।सवैको सहयोग र अनुगमनमा मात्र काम समयमै पारदर्शी रुपले सम्पन्न हुने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।