Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अवैध जडीबुटी सङ्कलनको आरोपमा दश ठेकेदारविरुद्ध अनुसन्धान – Gaule Khabar

अवैध जडीबुटी सङ्कलनको आरोपमा दश ठेकेदारविरुद्ध अनुसन्धान

अवैध  जडीबुटी सङ्कलनको आरोपमा  दश ठेकेदारविरुद्ध अनुसन्धान

बाजुरा, पुस १२ –

अवैध रुपमा जडीबुटी सङ्कलन गरेको आरोपमा जिल्ला वन कार्यालयले दश ठेकेदारमाथि निगरानी राखी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला बन अधिकृत विशेन्द्रराज सुवेदीका अनुसार कार्यालयको मातहतमा रहेको कोल्टीस्थित इलाका वन कार्यालयले मङ्सिर २६ गते कोल्टी र दानसाँघु बजारबाट रु एक करोड ७९ लाख बराबरको अवैधरुपले ल्याइएको जडीबुटी बरामद गरेको थियो ।

सुराकीको आधारमा प्रहरीले २७ हजार केजी जटामसी, एक सय केजी चिराइतो, र ८० केजी कटुकी गरी २८ हजार एक सय ८० केजी जडीबुटी बरामद गरेको छ । वन कार्यालले नौ हजार सात सय केजी जडीबुटी सङ्कलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी ३६ हजार सात सय केजी जडीबुटी सङ्कलन गरेकोे थियो ।

वन कार्यालयले ठेकेदार सुरतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णुप्रसाद सञ्ज्याल, मङ्गल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नवीनकुमार शाही, दीपक रेग्मीलाई अनुसन्धानका लागि मङ्गलबार कोल्टी लगेको छ ।

वन कर्मचारी र ठेकेदारबीच पैसामा कुरा नमिलेपछि रहस्य बाहिर आएको स्थानीय जनताको भनाइ छ । सुरुमा वन कार्यालयले नदेखे झै गरे पनि चौतर्फी आलोचनापछि मात्र समात्न बाध्य भएको थियो ।वन अधिकृत विशेन्द्रराज सुवेदीले यो विषयमा शुरुमा सूचना माग गर्दा नदिएको पनि बताइएको छ।

जिल्लाबाट ६५ बढी प्रजातिका जडीबुटी सङ्कलन गर्न पाउने अधिकार वन कार्यालयले दिएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका