Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
यातायात कार्यालयमा सेवाग्राहीको भीड कम – Gaule Khabar

यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

यातायात कार्यालयमा सेवाग्राहीको भीड कम

ललितपुर, पुस १२ –

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ ।

आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अनलाइनबाट सवारी चालक अनुमतिपत्रको फाराम सङ्कलन गर्न थालेपछि सेवाग्राहीको भीड कम भएको हो । सेवाग्राहीले आधारातदेखि लाममा बस्नुपर्ने बाध्यताबाट समेत छुट पाएका छन् ।

आइतबारदेखि सेवा सुरु भएपछि सोमबार बिहानैदेखि लाम नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । कार्यालयले ५०० जना सेवाग्राहीलाई समय दिएर थप कामका लागि कार्यालय बोलाएर सेवा दिन थालेको छ । उहाँले भन्नुभयो – “आज कार्यालय समय सुरु भएपछि मात्रै सेवाग्राही आउन थालेका हुन् ।” यसअघि सेवाग्राही बिहान २÷३ बजेदेखि नै लाम बस्ने गरेका थिए । बिहान सबेरै लाम बस्ने सेवाग्राहीको समेत अपराह्न मात्रै पालो आउने गर्दथ्यो ।

अनलाइनबाट फाराम भरेपछि सेवाग्राहीले स्वास्थ्य जाँच र राजस्व बुझाउन मात्रै कार्यालय आइपुगेका हुन् । यी कामका लागि लाम भए पनि फाराम भर्न दिनभरको समय नलाग्ने कार्यालयको दाबी छ । अनलाइनबाट फाराम भरेर समय पाएका सेवाग्राही मात्रै सोमबार कार्यालय पुगेका थिए । उहाँले भन्नुभयो – “सेवाग्राही र कार्यालय दुवैलाई सजिलो भएको छ ।”

सेवाग्राहीले हैरानी पाएपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकको निर्देशनमा अनलाइनबाट फाराम भर्ने प्रवन्ध मिलाइएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका