Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शोक प्रस्ताव पारित – Gaule Khabar

शोक प्रस्ताव पारित

शोक प्रस्ताव पारित

काठमाडौँ,पुस १२ –

व्यवस्थापिका–संसद्को आजको बैठकले नेपाः राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व सभासद् बुद्धरत्न मानन्धरको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो ।

नेपालभाषाका कविसमेत रहनुभएका मानन्धरको यही पुस १० गते ७३ वर्षको उमेरमा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो । पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उहाँ काठमाडौँ जिल्लाबाट सो पार्टीका तर्फबाट सभासद् बन्नुभएको थियो । उहाँ उच्च रक्तचाप र मुटुरोगबाट पीडित हुनुहुन्थ्यो ।

सभामुख ओनसरी घर्तीले सदनमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसदहरुले आ–आफ्नो आसनबाट उठी उहाँप्रति एकमिनेट मौनधारण गर्नुका साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्तसमेत गरेको थियो ।

सो शोक प्रस्तावमा ‘व्यवस्थापिका संसद्को यो बैठक क्रान्तिकारी कविका रुपमा परिचित नेपाः राष्ट्रिय पार्टीका उपाध्यक्ष एवम् उक्त पार्टीका तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडाँै जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित मानन्धरको ७३ वर्षको उमेरमा उच्च रक्तचाप र मुटुरोगको उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा २०७३ पुस १० गते अपराह्न ४ बजे निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उहाँको दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ’ भनिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका