Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बाँकेमा सीमा क्षेत्र विकास कार्यक्रम सुरु – Gaule Khabar

बाँकेमा सीमा क्षेत्र विकास कार्यक्रम सुरु

बाँकेमा सीमा क्षेत्र विकास कार्यक्रम सुरु

नेपालगन्ज, पुस १२–

भारतसँग सीमा जोडिएका बाँके जिल्लाका गाविसमा सरकारले आव २०७२/०७३ देखि सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाका १२ गाविस र नेपालगन्ज उपमहानगरपालिकाका दुई वटा वडासँग सीमा जोडिएका क्षेत्रमा सो कार्यक्रम सञ्चालनका लागि सरकारले यस वर्ष जिविसलाई रु तीन करोड २९ लाख बजेट विनियोजन गरेको छ ।

भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीको विकासको अवस्था दयनीय हुने गरेको तर सँगै सीमापारि भारतीयको अवस्था त्यसभन्दा राम्रो देखिएको कुरालाई दृष्टिगत गरी सरकारले सो कार्यक्रम सञ्चालन गरेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत विद्युतीकरण, कालोपत्रे सडक र इँटा बिछ्याइएको सडक, ढल निकास, कलभर्ट र शौचालय निर्माण, आयस्तर वृद्धिलगायत गतिविधि सञ्चालन हुने जनाइएको छ ।

“सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिले प्रस्ट देखिने काम गर्नुपर्ने निर्देशन गरेकाले हामीले सोहीबमोजिम कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ” प्रमुख जिल्ला इन्जिनियर कमल अधिकारीको भनाइ छ ।

सरकारले बाँके जिल्लासहित मुलुकका झापादेखि कञ्चनपुरसम्मका २० जिल्लामा सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गरेको छ । सोअन्तर्गत दुई सय १२ गाविस र २६ नगरपालिकाका एक सय १२ वडा कार्यक्रममा समेटिएका छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका