Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी – Gaule Khabar

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

ताप्लेजुङ,पुस १२ –

तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ ।

तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको
सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा पुजारीका लागि बनाइएको पुरानो भवनको भित्री भागको कोठामा प्रवेश गरी लकर फोरेर उक्त रकम चोरी भएको बताइएको छ ।

काफ्लेका अनुसार सदरमुकाममा रहेको संस्थाको खातामा रकम जम्मा गर्न तयारीस्वरुप गनेर राखिएको रकम चोरी भएको हो । प्रजिअ नरबहादुर खड्काले सोे घटनाका बारेमा पाथीभराको विकासमा क्रियाशील पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिसँग छलफल गरिने प्रतिक्रिया दिनुभयो ।

यसैबीच प्रहरीले नेपाली र भारतीय गरी रु एक लाख ३१ हजार तीन सय ५५ र एक सय अमेरिकी डलरसहित लिङ्खिम गाविस घर भएका ११ वर्षीय सागर लिम्बुूलाई पक्राउ गरेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार बोरामा हालेर खाल्डो खनी गाड्दै गरेको अवस्थामा लिम्बूलाई पैसासहित नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लिम्बूको बयानका आधारमा सो घटनामा नाल्वो घर भई लिङ्खिमस्थित मामाघरमा बस्दै आएका १४ वर्षीय रमेश नाल्वो र लिङ्खिम नै घर भएका अन्दाजी १४ वर्षीय मोहन लिम्बूको समेत संलग्नता देखिएकाले उनीहरुको खोजी जारी रहेको केसीले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका