Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हात्ती पीडित आन्दोलित – Gaule Khabar

हात्ती पीडित आन्दोलित

हात्ती पीडित आन्दोलित

भीमदत्तनगर,पुस १२ –

कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् ।

सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे । सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन् ।

सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जङ्गली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिनुभयो ।

हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उहाँले जानकारी दिनुभयो ।
वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ ।

“अझै १३० भन्दा बढी निवेदन परेका छन् ।” वन अधिकृत शर्माले भन्नुभयो– “पीडितको पहिचान हुने काम भइरहेको छ ।” वनको नियम अनुसार पीडितलाई रु तीन हजारदेखि बढीको रु १० हजारसम्म क्षतिपूर्ति स्वरुप रकम प्रदान गरिएको वन कार्यालयले जनाएको छ ।
“विद्युतीय उपकरण जडान गरेर हात्ती रोक्न सके हुन्थ्यो ।” उहाँले भन्नुभयो– “यसका लागि हामीले माथिल्लो निकाय र दातृ निकायलाई पनि गुहार गरेका छौँ ।” – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका