Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेम्वाङको सुझावपछि प्रचण्डले भने ‘आजैदेखि उद्घाटनमा हिँड्न छाडें’ – Gaule Khabar

नेम्वाङको सुझावपछि प्रचण्डले भने ‘आजैदेखि उद्घाटनमा हिँड्न छाडें’

नेम्वाङको सुझावपछि प्रचण्डले भने ‘आजैदेखि उद्घाटनमा हिँड्न छाडें’

काठमाडौं पुस १२-

राजनीतिक गतिरोधको अन्त्य र अबरुद्ध संसदको बैठक सुचारु गर्न छाडेर औपचारिक कार्यक्रम उद्घाटन गर्न गएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजैदेखि औपचारिक कार्यक्रममा नजाने घोषणा प्रतिबद्धता जनाएका छन् ।

सभामुख ओनसरी घर्तीको आह्वानमा सोमवार संसद भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतिको पहल छाडेर कार्यक्रममा उद्घाटनमा नजान आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले आजैदेखि त्यस्ता कार्यक्रममा नजाने बताएका हुन । ‘सहमतिको पहल गर्ने मुख्य जिम्मेवारी तपाईको हो, मुख्य काम छाडेर उद्घाटनमा नहिडनुस’ नेम्वाङको भनाइ उदृद्धगर्दै बैठक स्रोतले लोकान्तरसँग भन्यो ।

सहमतिको पहल गर्न छाडेर औपचारिक कार्यक्रम उद्घाटन गर्न हिडेको भन्दै प्रचण्डको आलोचना भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि बैठकमा आग्रह गरेका थिए । नेम्वाङले दोस्रो तहका नेताहरु मार्फत निकाश खोज्न सकिने भन्दै त्यसको पहल गर्नपनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए ।

बैठकमा संसद अबरुद्धगर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयक फिर्ता गरेर निर्वाचन कानून पारित गर्ने सर्तमा संसद अबरोध हटाउने बताएको थियो । ‘छलफललाई निरन्तरता दिदै सहमति खोज्ने सहमति भयो’ बैठकपछि एमाले नेता नेम्वाङले भने ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घर्ती, काग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायत नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने बैठकमा सहभागि भएनन् ।

नेताहरुबीच त्रिपक्षीय छलफल
राजनीतिक गतिरोधको निकाशको बिषयमा सोमवार नै दलका मध्यम तहका नेताहरुबीच छलफल भएको छ । संसद भवनमा एमाले नेता नेम्वाङसँग माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ तथा काग्रेसका प्रभावशाली नेता कृष्ण सिटालाले छुट्टा छुट्टै छलफल गरेका छन् । गतिरोध अन्त्य र संविधान कार्यान्वयनका बिषयमा नेताहरुबीच छलफल भएको हो ।

संसद अबरुद्ध जारी रहने
दलहरुबीच सहमति जुटन नसकेपछि विपक्षी दलले मंगलवार पनि संसद बैठक अबरुद्ध गर्ने भएका छन् । सरकारले प्रदेश नम्बर पाँचबाट पहाडी जिल्ला अलग्याउने गरी संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा नेकपा एमाले लगायतका विपक्षी दलले मंगलवार पनि संसद बैठक अबरुद्ध गर्ने भएका छन् ।

यसअघि दलहरुबीच सहमतिको प्रयासका लागि भन्दै संसदको बैठक पटक पटक सूचना प्रकाशित गरेर स्थगित गर्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका