चितवन, पुस १२–
चितवनमा गयराती बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् ।
जिल्लाको चन्डिभञ्ज्याङ गाविस–६ कालीखोलामा गएराति रात्रिबस खस्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनास्थल पुग्नु भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले काठमाडौंबाट मलङ्गवातर्फ जान आउँदै गरेको ना ४ ख ५४४२ नंको रात्रिबस राति राती पौने एक बजे सडकबाट करिब १०० मिटर तल खोलामा खसेको हो ।
बसभित्र सिटमा च्यापिएर सिरहा जिल्लाको लक्ष्मीपुर पटाहाका ३३ वर्षीय धर्मराज मण्डलको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
घाइतेमध्ये १९ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने पाँचको अवस्था गम्भीर भएको अस्पतालले जनाएको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।
बस त्रिशूली नदीमा पुग्नुभन्दा २० मिटरमाथि खोचमा अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । नेपाल प्रहरी र जनपद प्रहरीले उद्धार थालेका थिए । बस खसेको ठाउँमा डोरीको सहायताले झरेर उद्धार गरिएको हो । यो घटनास्थल मुग्लिङबाट तीन किलोमिटर नारायणगढर्फ पर्दछ ।
दुर्घटनामा परि घाईतेहरु भएकाहरुको विवरण यस प्रकारको छः
१.सर्लाही सल्यामपुर ३ बस्ने बर्ष ५१ को सिंहेश्वर राय ।
२.सोही स्थान पडरिया ३ बस्ने बर्ष ३२ को जितेन्द्र महतो ।
३. पडरिया–२ बस्ने बर्ष ३२ को सत्य नारायण राय ।
४.रौतहट बालचन्द्रपुर बस्ने बस्ने बर्ष १९ का दिपेन्द्र पण्डित ।
५.सर्लाही पडरिया २ बस्ने बर्ष २७ को शिवजि राय ।
६.सर्लाही मोतिपुर ४ बस्ने बर्ष २३ को निरन्जन कुमार शाह ।
७.पडरिया–३ बस्ने बर्ष २९ को जोगेन्द्र राय ।
८.सल्यामपुर ७ बस्ने बर्ष २२ को सत्रुधन कुमार मण्डल ।
९.सोही स्थान कबिलासी ८ बस्ने बर्ष २५ को शुसिल राय ।
१०.सिराह पदारी ३ बस्ने बर्ष २८ को शिवलाल मण्डल ।
११.सर्लाही कबिलासी ८ बस्ने वर्ष २४ को सन्जित कुमार राय ।
१२.सर्लाही पिडारी ७ बस्ने बर्ष ३० को भागिचन्द्र राय यादव ।
१३.सर्लाही कबिलासी ५ बस्ने ६० को नागेन्द्र राय यादव ।
१४.सर्लाही पिपरिया २ बस्ने बर्ष २५ को रामनाथ राय यादव ।
१५.सर्लाही मलंगवा २ बस्ने २२ को दिपु राय यादव ।
१६.सर्लाही कौडेना ४ बस्ने बर्ष २६ को बिरेन्दर दास ।
१७. मलंगवा २ बस्ने बर्ष २१ को शिवनाथ राय ।
१८.सर्लाही पिपरिया ३ बस्ने बर्ष २१ को रामबिश्वास पण्डित ।
१९.भारत जिल्ला सितामणी सुनबर्षा थाना बिहार बस्ने बर्ष १९ को मनोज कुसहवा ।
२०.सर्लाही कोडेना ८ बस्ने बर्ष ५० को भिखारी राय यादव ।
२१. सर्लाही कबिलाश बस्ने बर्ष ३० को रामनन्दन महत्तो ।
२२.सर्लाही कौडेना ५ बस्ने बर्ष ३७ को नवलकिश्वर साह ।
२३.सर्लाही कौडेना कोडेना ४ बस्ने बर्ष २६ को सरोज साह ।
२४.सर्लाही जमुनिया ७ बस्ने बर्ष २४ को श्याम किश्वर राय ।