लमजुङ, पुस ११–
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा पनि कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल लमजुङ शाखाले आज यहाँ आयोजना गरको पत्रकार भेटमा उहाँले भन्नुभयो – “सविधान सबैको साझा सम्पत्ति भएकाले यसको कार्यान्वयनमा पनि सबैलाई एकताबद्ध बनाएर लैजानुपर्दछ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता खनालले संविधान संशोधनको प्रस्तावले राष्ट्रलाई हिंसा, झगडा र अशान्तितर्फ धकेलिएको आरोप लगाउँदै संशोधन प्रस्तावलाई ‘बेमौसमको बाजा’को सङ्ज्ञा दिनुभयो ।
जसले पनि, जहिले पनि, जे विषयमा पनि संशोधन गर्न खोजेर संविधान संशोधन हुन नसक्ने बताउँदै उहाँले संशोधन प्रस्ताव फिर्ता लिनुमा नै राष्ट्रको हित हुने धारणा व्यक्त गर्नुभयो ।