WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BFBpN2CXAZWioeoPAoQvkcEGSuqyM7.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:58:08', '', 'admlnlx', 'admlnlx')
भक्तपुर, पुस ११–
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश सङ्कटको चक्रव्यूहमा फसेको बताउनुभएको छ ।
लायन्स फिटनेस क्लबको आज भक्तपुर नगरपालिका लिबालीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “परिवर्तनलाई संस्थागत गर्ने नाममा ठूला दलले गलत नीति लाद्ने काम गरेकाले देशमा अस्थिरता र अराजकता बढ्दै गएको छ ।”
अध्यक्ष थापाले नेपाली जनताले ठूला तीन दलको विकल्प खोजेको अवस्थामा दुई राप्रपाबीच एकीकरण भएको चर्चा गर्दै राप्रपा जनताले रोजेको दल हुने दाबी गर्नुभयो ।
भूमिसुधारमन्त्री विक्रम पाण्डेले मुलुकको विकास र समृद्धिका लागि नेपाली युवा वर्गलाई सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
राप्रपाका केन्द्रीय सदस्य दीनेश श्रेष्ठ, क्लबका अध्यक्ष राजेन्द्र लाखालगायतले युवा वर्गलाई समेटेर राप्रपा अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।