Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिड्नीमा नेपाली युवकको डुबेर मृत्यु – Gaule Khabar

सिड्नीमा नेपाली युवकको डुबेर मृत्यु

सिड्नीमा नेपाली युवकको डुबेर मृत्यु

सिड्नी, पुस ११ –

क्रिसमस र नयाँ वर्षको रौनक चलिरहेका बेला अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवकको मृत्यु भएको छ ।
क्रिसमसको पिकनिक खान भन्दै रोयल नेशनल पार्कको वाटामोला समुद्री किनारमा गएका २९ वर्षीय सुजन अधिकारीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

हर्सभिलको क्विन स्ट्रिटमा बस्दै आएका उनी साथीहरुसँग पिकनिक खान त्यहाँ गएका थिए । काठमाडौंको कीर्तिपुर घर भएका अधिकारी अध्ययनको सिलसिलामा अष्ट्रेलिया आएका थिए ।

उद्धार टोलीले बचाउन सकेनन्

मृतक अधिकारीका साथी अनुप न्यौपानेका अनुसार हिजो साँझतिर सो घटना भएको थियो र सबैभन्दा पहिले न्यूज नाइन भन्ने टेलिभिजन च्यानलले समाचार प्रसारण गरेको थियो ।

त्यसलगत्तै हेलिकोप्टर र एम्बुलेन्सबाट उद्धार टोली पठाइएको थियो । स्वास्थ्यकर्मीहरुले अधिकारीलाई बचाउने प्रयास गरे पनि सफल भएनन् ।

घटनास्थल सिड्नीको दुर्गम क्षेत्रमा पर्दछ ।

वाटामोला समुद्री किनार
न्यौपानेले शवलाई पोष्टमार्टमका लागि क्रोनर्स कोट अफ न्यू साउथ वेल्समा राखिएको र शव नेपाल पठाउने प्रक्रियाका लागि एनआरएन लगायत सबैसँग सहयोगको अपेक्षा गरिएको बताए ।

‘अहिले सार्बजनिक विदा भएकाले केही ढिलाइ भएको छ,’ न्यौपानेले भने, ‘हामी पोष्टमार्टम रिपोर्टको प्रतिक्षामा छौं ।’

अष्ट्रेलियाबाट शव नेपाल पठाउन खर्चिलो हुन्छ । त्यसैले मृतक अधिकारीका साथीहरुले सहयोग संकलन गरिरहेका छन् ।

‘एनआरएन अष्ट्रेलिया शोकमा’

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले अधिकारीको निधनप्रति शोक व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले मृतकप्रति श्रद्धाञ्जली र परिवाजनप्रति समवेदना व्यक्त गरे ।

‘नेपालीहरुको संख्या बढेसँगै यस्ता दुर्घटनाका खबर आउन थालेका छन् । हामी चिन्तित छौं । चाडबाडको समयमा भएको यो दुखद घटनाले गैरआवासीय नेपालीहरु शोकाकुल छन्,’ उनले अनलाइनखबरसँग भने ।

उनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल पठाइने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका