Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटन प्रवद्र्धनका लागि हात्ती महोत्सव महत्वपूर्णः मन्त्री शाही – Gaule Khabar

पर्यटन प्रवद्र्धनका लागि हात्ती महोत्सव महत्वपूर्णः मन्त्री शाही

पर्यटन प्रवद्र्धनका लागि हात्ती महोत्सव महत्वपूर्णः मन्त्री शाही

चितवन, पुस ११–

पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनबहादुर शाहीले पर्यटन प्रवद्र्धनका लागि चितवनमा भईरहेको हात्ती महोत्सव निकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।
आज (सोमबार)बाट पर्यटकिय नगरी सौराहाको बाघमारा चौरमा सुरु भएको १३ औं हात्ती महोत्सवको समुद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताउनुभएको हो । उहाँले देशमा पर्यटन भित्र्याउन नयाँ–नयाँ क्रियाकलापहरु गर्नु आवश्यक रहेको भन्दै यस्तै फरक कार्यक्रमले पर्यटको आकर्षणको कन्द्र बन्ने बताउनुभयो । मन्त्री शाहीले पशु अधिकारलाई लिएर विरोध हुने गरेपछि त्यसको सही हेरचाँह र दायित्व निर्वाह गरि अतिरिक्त क्रियाकलापमा ल्याउनु कुनै नराम्रो नभएको तर्क गर्नुभयो ।
कार्यक्रममा साँसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायले मन्तव्य व्यक्त गरेका थिए । समुद्घाटन सत्र क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका