Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एउटै मञ्चमा बसेर प्रचण्ड र बाबुरामले भने- ‘अब हामी मिल्नुपर्छ’ – Gaule Khabar

एउटै मञ्चमा बसेर प्रचण्ड र बाबुरामले भने- ‘अब हामी मिल्नुपर्छ’

एउटै मञ्चमा बसेर प्रचण्ड र बाबुरामले भने- ‘अब हामी मिल्नुपर्छ’

काठमाडौं पुस ११-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोगीहरुले सम्बन्धमा फाटो नल्याइदिए बावुराम भट्टर्रासँग पुनः एकता हुने बताएका छन् ।

एक महिना अगाडि निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक ‘चाचा’को बिमोचन कार्यक्रममा सोमबार एउटै मञ्चमा बसेका बावुरामतर्फ संकेतगर्दै प्रचण्डले फेरि मिल्नुपर्नै अबस्था आएको बताएका हुन् ।

‘बावुरामजीले अहिल हतार गर्नुभयो, तर पनि हाम्रो सम्बन्ध पुरानै अबस्थामाको जस्तो बन्दैछ’ प्रचण्डले भने, ‘सहयोगीहरुले बिगारेनन भने छिट्टै एकता हुन्छ ।’ संघीयता, गणतन्त्र जस्ता माओवादी आन्दोलनका उपलव्धी गुम्ने खतरा रहेकोले माओवादीका घटकहरु मिल्नुपर्ने अबस्था आएको प्रचण्डको भनाइ थियो ।

कार्यक्रममा नेता भट्टराइले परिवर्तन पक्षधरहरु मिल्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा डा भट्टराईले देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजानुपर्छ भनेर आफूले नयाँ बाटो तय गरेको बताए । ‘उहाँहरु त्यार नभएपछि मैलै नयाँ वाटो समाएँ, तर हामीहरुबीच व्यक्तिगत दुस्मनी छैन’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका