Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सशस्त्र प्रहरीको बढुवामा यस्तो षड्यन्त्र – Gaule Khabar

सशस्त्र प्रहरीको बढुवामा यस्तो षड्यन्त्र

सशस्त्र प्रहरीको बढुवामा यस्तो षड्यन्त्र

काठमाडौं,पुस ११-

सशस्त्र प्रहरीमा तीन डीआइजी पद रिक्त भएको एक वर्ष पुगिसकेको छ भने दुई एसएसपी पद खाली भएको दुई वर्ष भइसकेको छ । शैलेन्द्र खनाल र जीतबहादुर पुन एआइजी बढुवा भएका कारण दुई पद खाली छ भने डीभी परेर जागिरबाट राजीनामा दिएका अर्का डीआइजी दुर्गाबहादुर कुँवरको सिट पनि खाली छ । साँघु साप्ताहिकमा खबर छ–

पूर्वआइजीपीहरुसँगै भ्रष्टाचार आरोपमा निलम्बनमा परेका तत्कालीन मध्यपश्चिमान्चलका डीआइजी अरविन्द धिताल निलम्बनमा छन् । तर, उनको पद रिक्त नदेखाई तीनवटामात्र देखाइएको छ । पदमा बहाल हुँदै भ्रष्टाचारको आरोप लागेका आइजीपी कोषराज वन्तले नै एसपी बढुवामा बिलम्ब गरेका थिए भने अहिलेका आइजीपी दुर्जकुमार राईले नेतृत्व सम्होलेको एक वर्ष भइसकेको छ । डीआइजीमा रिक्त पदमा बढुवा गर्न गृहमन्त्रलायका सचिव अध्यक्ष रहेको पदपूर्ति समितिले एसएसपीहरुसँग कार्यविवरण मागेको एक महिना हुन लाग्दा पनि प्रक्रिया अगाडि बढेको छैन ।

दुई वर्षदेखि रिक्त एसएसपी पदमा बढुवा गर्न सकेको छैन । आइजीपी राइले सातौं नम्बरका एसपी बसन्त नेम्वाङ र ८ नम्बरका गणेश ठाडामगरकालई बढुवा गर्न चाहन्छन् । तर, रिक्त दुई एसएसपीमा सात र आठ नम्बरका एसपी बढुवा समितिबाट सिफारिस नै नहुने भएपछि आइजीपी राइले बेवास्ता गर्दै आएका छन् । आफ्ना निकटस्थ नेम्वाङ र मगरलार्य बढुवा गर्न नमिल्ने भएपछि उनले बढुवा प्रक्रिया सुरु नगरेको आरोप छ ।

दुई वर्षदेखि रिक्त दुई एसएसपी बढुवा नहुँदा एक नम्बरका एसपी राजेन्द्र श्रेष्ठ र शम्भु सुवेदी आगामी २०७३ चैतमा पदावधिका आधारमा अवकाश हुने भएका छन् । यदि चैतभित्र बढुवा हुन सकेन भने शम्भु सुवेदीले त अवकाशपछि पेन्सनपनि नपाउने भएका छन् । किनकी उनको जागिर अवधि १९ वर्षमात्र भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका