Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बछौलीमा रक्तदान – Gaule Khabar

बछौलीमा रक्तदान

बछौलीमा रक्तदान

चितवन, पुस १०–

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले स्थानीय १८ वटा संघसंस्थाको सहकार्यमा आइतवार बछौलीले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
सहकारीको ११ औं स्थापन दिवसको अबसरमा आयोजिक कार्यक्रममा १३ महिला सहित ३९ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष कृष्णप्रसाद खतिवडाले जानकारी दिए । कार्यक्रममा सबै भन्दा धेरै रक्तदान गर्ने संस्थाका शेयर सदस्य गोपिकृष्ण विडारीलाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका महानिर्दैशक राजकुमार महतो,रेडक्रस बछौलीका अध्यक्ष राममणि खनाल,कार्यक्रमका सदस्य कृष्ण सापकोटा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्णप्रसाद खतिवडाको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका