Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘बक्सिङ रिङ’ खरिद गर्न रु दश लाख – Gaule Khabar

‘बक्सिङ रिङ’ खरिद गर्न रु दश लाख

‘बक्सिङ रिङ’ खरिद गर्न रु दश लाख

भीमदत्तनगर, पुस १० –

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरलाई खेलाडीको प्रशिक्षणमा सहजताका लागि ‘बक्सिङ रिङ’ खरिद गर्न सांसद विकास कोषबाट रु १० लाख प्रदान गर्नुभएको छ ।
मन्त्री लेखक कञ्चनपुर क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुनुहुन्छ । जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर ठकुराठीले करिब दुई वर्ष नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको श्रमदान र स्थानीय दाताको सहयोगमा भीमदत्तनगरस्थित कबर्ड हल परिसरमा आधुनिक बक्सिङ प्रशिक्षण केन्द्र निर्माण भएको जानकारी दिनुभयो ।

केही समयअघि सांसद आनन्दी पन्तले बक्सिङ प्रशिक्षण केन्द्रमा केही अधुरा काम पूरा गर्न र खेलकुद सामग्री खरिद गर्न रु दुई लाख प्रदान गर्नुभएको थियो ।

२०४० सालदेखि कञ्चनपुरमा बक्सिङ खेलको सुरुआत भए पनि हालसम्म जिल्लामा रिङ तथा आवश्यक प्रशिक्षण सामग्री थिएन । बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले यहाँ विकास गरेको बक्सिङमा पछिल्लो समय नयाँ खेलाडीको आकर्षण बढिरहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका