चितवन ,पौष ९
क्षेत्रिय होटल संघ सौराहाले हालै चितवनमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत गरेको छ । शनिवार सौराहामा कार्यक्रम गरी संघले प्रमुख जिल्ला अधिकारी नारायण भट्ट,प्रहरी प्रमुख दिपक थापा,शशस्त्र प्रहरी वल गढीमाई गण भण्डाराका प्रमुख शान्ति कार्की,शशस्त्र प्रहरी वल आँपटारीका प्रमुख श्याम कोईराला र अनुसन्धान उपनिर्देशक अच्युत पन्तलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष सुमन घिमिरेले र प्रथम उपाध्यक्ष दिपक भट्टराईले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टले सौराहाको इज्जत उँचो राख्दै विश्वमान चित्रमा चिनाउन प्रसासन व्यवसायीसंग सहकार्य गर्न तयार रहेको वताए । प्रमुख जिल्ला अधिकारी भट्टले सौराहामा पर्यटकको संख्या वृद्धी गर्नका लागी योजना वनाउन आवश्यक रहेको औल्याउँदै सवै सरोकार निकायसंग समन्वय गरेर योजना वनाउन व्यवसायीहरुलाई आग्रह गरे ।
रेस्टुरेन्ट व्यवसायीसंग होटल व्यवसायीको तालमेल नमिलेको आफुले पाएको भन्दै समग्र सौराहा अनि चितवनको विकासका लागी समन्वय गर्न पनि अनुरोध गरे । कार्यक्रममा क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले सौराहामा पर्यटकको अवस्थामा पुरानै अवस्थामा फर्कन लागेको भन्दै सहयोगका लागी प्रसासनसंग आग्रह गरे । संघका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दिपक भट्टराईले स्वागत मन्तव्य राख्दै सोमवारदेखी सुरु हुन लागेको हात्ती महोत्सवको बारे जानकारी गराएका थिए ।