काठमाडौं, पुस ९–
थारु कल्याणकारिणी सभाले थारु विद्यार्थी सभा केन्द्रीय तदर्थ समिति गठन गरेको छ । आज (शनिबार) काठमाडौमा बसेको बैठकले देश भरिका थारु विद्यार्थीहरुको हक हित, अधिकार प्राप्ति र संरक्षणका लागि तदर्थ समिति गठन गरेको हो ।
थारु विद्यार्थी सभाको संयोजकमा संजय चौधरीसहित ४५ सदस्यीय समिति गठन गरिएको हो । जसको सह–संयोजकमा प्रेमा चौधरी र सदस्यहरुमा नवीन चौधरी, राजु चौधरी, साजन चौधरी, बिपिन रावत कठरिया, प्रदिप चौधरी, धर्मेन्द्र चौधरी, अर्जुन चौधरी, प्ररदुमन चौधरी, सुबोध कुमार चौधरी, नीरज गोजेवार, सरोज गोजेवार, सुनिल चौधरी, पुष्पा चौधरी, रोशन चौधरी, रुबि चौधरी, रितिका चौधरी, प्रमोद चौधरी, उमेश चौधरी, अजित चौधरी, चुर्ण थारु, आकृति चौधरी, जागृती चौधरी, रबि चौधरी, रोबिन चौधरी, शुशिला चौधरी, राजेश चौधरी, प्रबिन चौधरी, मुकुन्द चौधरी, हर्ष नारायण चौधरी, मुकेन्द्र चौधरी, सुदिप चौधरी, पृयान्सी चौधरी, सन्जु चौधरी, संगम फनैत, राम गिता चौधरी, रुपेश राय थारु, मनिश्वर चौधरी, रुबि चौधरी, बिन्देश चौधरी, लिला चौधरी, बिजय चौधरी, रोहित चन्द्र थारु र मण कुमारी राना थारु रहनु भएको छ ।
सो कार्यक्रममा थारु कल्याणकारीणी सभाको केन्द्रिय प्रशिक्षण बिभाग प्रमुख राजकुमार लेखी, केन्द्रिय सदस्यहरु रामलाल चौधरी, धर्मलाल चौधरी, मानबहादुर चौधरी, थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरी, महिला सभाको अध्यक्ष लगायत थारु बुद्धिजीवीहरु चनचल चौधरी, पत्रकार किशोर चौधरीलगायतको सहभागिता रहेको थियो ।