Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग गर्दै थारुहरुको विरोध सभा – Gaule Khabar

नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग गर्दै थारुहरुको विरोध सभा

नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग गर्दै थारुहरुको विरोध सभा

नवलपरासी,पुस ९-

थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ ।जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको छ ।

आफ्ना माग सबै सम्बोधन नभए पनि जिल्ला टुक्राएर आफूहरुलाई प्रदेश नम्बर ५ बाट पनि अलग गरीएको भन्दै अहीलेको सीमांकन आफूहरुलाई मान्य नभएको थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले बताए ।

सांसद रुक्मिणी चौधरीले भुमीपुत्र थारुहरुको अधिकारका लागि राज्यसँग आफूहरु लडीरहेको बताउँदै संर्घष पुरा नभएको बताइन् । अधिकारका लागि सधै जागरुप हुन र पहिचान मेटाउने दुश्प्रयासका विरुद्ध एक भएर लाग्न समेत आग्रह गरीन् । थारु समुदायले जिल्लाको डण्डामा शान्तिपुर्ण प्रदशर्न गर्दै आफ्ना माग पुरा नभए कडाभन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कान्तिपुर अनलाइनवाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका